Category->Media Coverage

विश्व शान्ति र विकासका लागि नव निर्वाचित प्रतिनिधिहरुलाई हार्दिक बधाई

विश्व शान्ति र विकासका लागि नव निर्वाचित प्रतिनिधिहरुलाई हार्दिक बधाई

अमेरिकाको पेन्सल्भेनियामा १९४२ मा जन्मिएका जो बाइडेन ७८ बर्षको उमेरमा एउटा जीवन्त युवा र जोशिलो किसोरको जस्तै ४६ औ अमेरिकाको राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । स्वास्थ्यमा विशेष चासो दिने, अध्ययनशील र शोधमुलक हुने हो भने मानिसले जीवनको उत्तरार्धमा पनि महत्वपूर्ण कार्य र योगदान दिन सक्छ भन्ने उदाहरण जो बाइडेन एक ज्वलन्त उदारहण हुन् ।
विश्व राजनीतिलाई प्रभाव पार्न सक्ने अमेरिकाको राष्ट्रपतिको बिजयी हुनुले विश्वको ध्यान अव बाइडेन तिर तेर्सिनु स्वभाविक हो । यद्यपि कोरोनाले आक्रान्त अमेरिका अनि विश्व व्यापार अनि गरिवीको नयाँ चक्र, बेरोजगारीको विकराल रुप, चीनसंग चिसिएको सम्वन्ध साथै आप्रवासीका समस्याहरु लाई सम्वोधन गरेर मध्यपुर्वको बातवरणलाई सहज बनाउदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने चुनौतिपुर्व यात्रा कसरी तय गर्छन् र सफल हुनेछन् यो भने समयले जवाफ दिदै जानेछ ।
त्यस्तै १९६४ अकल्यान्ड क्यालिफोर्नियामा जन्मिएकी ६४ बर्षीय कमला देवि ह्यारिसले दक्षीण एसिया अफ्रिका र समग्रमहिलाको प्रतिनिधित्व गर्दै उप राष्ट्रपतिको रुपमा निर्वाचित भएकि छिन् । अव भारत चीन र अमेरिकालाई सन्तुलनमा ल्याएर विश्वको समृद्धिमा उनको योगदान निकै महत्वपूर्ण तरिकाले हेरिएको छ । विश्व शान्ति र विकासका लागि नव निर्वाचित प्रतिनिधिहरुलाई हार्दिक बधाई । बधाईले खास अर्थत नलाग्दा यद्यपि लैगिंक समानता र राष्ट्रियताको लागि भने यो निर्वाचन र विजयले अमेरिकन जनताबाट सुन्दर पाठहरु सिक्न सकिने भयो ।

My Partners

TOP