Category->Media Coverage

विश्वकर्मा बाबाको पूजाकि परम्परको अन्धभक्त्त निरन्तरता ?

विश्वकर्मा बाबाको पूजाकि परम्परको अन्धभक्त्त निरन्तरता ?

नेपाली समाज बैज्ञानिक विकास तर्फ प्रेरित नरहनुको एक अर्थ यो पनि हो कि कहिल्यै कसैले नदेखेको र इतिहाममा प्रणाणित तथ्य फेला नपरेको व्यक्ति विश्वकर्मालाई भगवान मानेर पुजा गर्ने अनि भरे जिवित विश्वकर्मा घर भित्र प्रवेश गरे जात जाने घोर रुढीबादी सोचले पनि रहेछ: 
अहिले हामीले चढेका गाडीका आविश्कारको सूचीमा कार्ल बेन्ज सनु १८४४, हेनरी फोर्ड १८६३ लगायत अन्य ९ जना आविश्कारक को नाम इतिहासमा फेला पर्दो रहेछ तर हामीले भनेको विश्वकर्मा बाबा चाँही खास कुन यन्त्रका आविश्कार थिए त्यसमा किटान नभएको देखियो यदि आविश्कारक नै थिए भने के को आविश्कार कुन मितिमा गरे, कसरी गरे, अनि विश्व बजारमा त्यो आविश्कारले कस्तो रुप लियो अनि कुन कम्पनीले आविश्कारको उत्पादन र वितरण गर्यो र कुन मुलुकले उक्त उत्पादनले आर्थिक प्रगति के कस्तो रुपमा गर्यो यसको व्यापक अनुसन्धान हुन जरुरी छ नत्र पश्चिमा साथीहरु आविश्कार गर्ने हामीले पुस्तौ पुस्ता त्यही यन्त्र किनेर बस्नु पर्ने अनि भन्ने बेद त हाम्रो हो विज्ञानका कहाँ पश्चिमाको हो सवै हामीले बनाइसकेको पछिपो तिनले बनाए ।

ल मानियो हाम्रै थियो विज्ञान भने कहिले गएर हरायो कस्ले गर्दा गायव भयो खोज्न पर्दैन तपाई हामीले, खोज्न पर्दैन राज्यले, २००० बर्षको नेपालको इतिहासमा कुन त्यस्तो आविश्कार नेपाली समाजले गर्यो जसले गर्दा आज विश्वले हाम्रो उत्पादन गौरवका साथ किनिरहेको होस । के अहिले हामीलाई उज्यालो दिने बत्ती हाम्रो आविश्कार हो ? के आकासमा उड्ने जहाज हाम्रो आविश्कार हो ? चन्द्रमामा पुग्ने रकेट हाम्रो आविश्कार हो ? हामीले चलाउने कम्प्युटर हाम्रो आविश्कार हो ? किताव छपाउने मेसिन हाम्रो आविश्कार हो ? खाना पकाउने कुकर हाम्रो आविश्कार हो ? लुगा सिलाउने मेसिन हाम्रो आविश्कार हो ? यदि यी कुनै पनि आविश्कारमा नेपालको योगदान छैन भने विश्वकर्मा बाबाको नाम भजाएर कहिले सम्म हामीले हौवा पिट्ने ? यदि साच्चिकै इतिहासलाई गायव गराईएको हो भने त्यसको विशेष खोज गरी ती आविश्कारहरुको अवस्था,त्यसको विज्ञान अनि त्यो विज्ञानको आधारमा नेपालमा थप बैज्ञानिको जन्म र विश्वलाईनै चक्मा दिने गरीका नयाँ आविश्कार नेपाली युवाले गर्न सक्ने माहौल तयार गर्न पर्दैन ? यी र यस्तै प्रश्न हरुको उत्तर भेटियो भने पक्के पनि विश्वकर्मा बाबा अर्थात् हामीले भगवानका रुपमा पुज्नु र गौरव गर्न उपयुक्त हुन्छ नत्र समग्र नेपाली समाज र युवाहरु केवल परम्परालाई बालेर आगो ताप्ने अनि परालको आगोमा न्यानो मनाउने अनि फेरि चिल्लै भनेजस्तो भ्रममै बाँचिरहेका छौ । तसर्थ सदियौ देखि मनाएको संस्कारहो त्यसलाई बन्न गर्ने भन्न खोजेको होइन तर एकपटक बैज्ञानिक बाबाको कुरा गर्दा बैज्ञानिक रुपले चिन्तन गर्नेकि ?
विश्वकर्मलाई पूजा गरेर भन्दा चिन्तन र अनुसन्धान गरेर नेपाली समाजलाई समुन्नत बनाउने कि ?

My Partners

TOP