भारतका महामहिम राष्ट्रपति प्रणम मुखर्जी भ्रमण १८ बर्षयता भएको एउटा महत्वपूर्ण उपलब्धी

भारतका महामहिम राष्ट्रपति प्रणम मुखर्जी भ्रमण १८ बर्षयता भएको एउटा महत्वपूर्ण उपलब्धी दुई देश बीच सम्वन्ध सुधार्नको लागि एउटा कोशेढुँगा सावित गर्ने अवसर । तिहारमा थुप्रिएको फोहोर हेर्नुत कति चाँडो सफा भएको चोक गल्ली टलक्क टल्किएको छ । सिस्टाचार सम्मानका दृष्यहरु नेपालीले अवलोकन गर्न पाएका छन् । अर्को आँखाले हेर्नेहो भने एक अर्व २० करोड जनता भएको देश र भारतीय मिडिया च्यानलको विश्वव्यापी प्रभावले गर्दा २ अर्व जनताले नेपालको नाम सुन्न पाउने र नेपाललाई बुझ्न पाउने अर्को महत्वपूर्ण अवसर । अनि केही न केही महत्वपूर्ण परियोजनाको बारेमा नेपालले लाभ लिने अर्को संभावना उतिकै शुरक्षित छ अगाडि । अव कुरा रयो हामी गुलामी सहेर जे दिन्छ त्यही लिने अथवा केही नयाँ प्रस्ताव दुवै पक्षका जनतालाई लाभ होस अनि नेपाल र भारत बीच समानान्तर सम्वन्ध विकासहोस् भन्ने चिन्तन र योजनाले काम गर्न नेतृत्वले पहलकदमी दिन जरुरी छ । महामहिम राष्ट्रपति प्रणव मुखर्जीको राजनैतिक उपलब्धी लाई हामीले सम्मान गर्नै पर्छ । भारतको रक्षा मन्त्री, परराष्ट्र मन्त्री, बाणिज्य मन्त्री तथा अर्थ मन्त्री भएका नेपालको भूराजनैतिक अवस्थालाई नजीकबाट बुझेका अन्तत भारतको महामहिम राष्ट्रपति पद धारण गरेका मुखर्जीेलाई नेपाल भ्रमणमा फेसवुके गाली भन्दा लिन सकिने लाभ प्रति उन्मुख हुन नेपाली समुदायमा आग्रह गर्दछु । एउटा छिमेकी आफ्नो घरमा पाउना बनेर आउँदै गर्दा गाली भन्दा तालीले स्वागत गर्ने हो तर पाउनासंग लम्पसार पर्नेकि भलाकुसारी गर्ने यसमामलामा सरकार सचेत रहन जरुरी छ । एकपटक स्वागत गरौँ महामहिम मुखर्जीलाई ।

pranab-mukharjee